नेप्सेमा एनआईसी एशिया र एभरेष्ट बैंकको मूल्य समायोजन
प्रकाशित:
१४ असोज २०८०
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एनआईसी एशिया र एभरेष्ट बैंकको मूल्य समायोजन भएको छ ।
एभरेष्ट बैंकको १० प्रतिशत बोनसपछि नेप्सेले प्रतिकित्ता ५ सय १४ रुपैयाँ ५५ पैसा कायम हुने गरी मूल्य समायोजन गरेको छ । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य ५ सय ६६ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
यता एनआईसी एशिया बैंकको २९ प्रतिशत बोनसपछि नेप्सेले प्रतिकित्ता ५ सय ९० रुपैयाँ ३५ पैसा कायम हुने गरी मूल्य समायोजन गरेको छ । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य ७ सय ६१ रुपैयाँ ५० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares