सुर्योदय वोमी लघुवित्तको १ लाख ५० हजार कित्ता सेयर बिक्रिमा
प्रकाशित:
०६ जेठ २०८१
सुर्योदय वोमी लघुवित्त वित्तिय संस्था लिमिटेडका बिद्यमान संस्थापक सेयरधनीले १ लाख ५० हजार बढि कित्ता सेयर बिक्रि गर्ने भएका छन् । आज सोमबार एक सूचना जारी गर्दै इच्छुक बिद्यमान सेयरधनीहरुलाई आवेदन दिन आग्रह गरिएको छ।
संस्थाका विभिन्न सेयरधनीहरुले स्वामित्वमा रहेको १ लाख ५० हजार ८०१ कित्ता सेयर बिक्रिका लागि संस्थामा निवेदन दिएका हुन् ।
संस्थापक शेयर खरिद गर्ने पहिलो हक विद्यमान संस्थापकहरुमा रहने भएकोले उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिन भित्र संस्थाको सेयर रजिष्ट्रार कुमारी क्यापिटलको कार्यलय नक्साल काठमांडौमा आवेदन दिन आग्रह गरेको छ । म्याद भित्र विद्यमान संस्थापकहरुबाट आवेदन नपरेमा संस्थापक भन्दा बाहिर सेयर बिक्रीको प्रक्रिया अगाडि बढाईने लघुवित्तले जनाएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares