९.७ मेगावाट क्षमताको माथिल्लो इङवा जलविद्युत आयोजन सम्पन्न, राष्ट्रिय प्रसारण लाईनमा जोड्न सफल

अर्थकागज
प्रकाशित: १३ चैत २०८०
Image description


काठमाडौं । इङवा हाइड्रोपावर लिमिटेडले निर्माण गरेको ९.७ मेगावाट क्षमताको माथिल्लो इङवा जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी चैत्र १० गते अर्थात शनिवार राष्ट्रिय प्रसारण लाईनमा जोड्न सफल भएको छ । यस आयोजनाले आफ्नो विद्युत गृहको प्राडगणमा समुदघाटन समारोह आयोजना गरि स्थानियहरुको वाक्लो उपस्थितिमा सम्पन्न गरेको यस कार्यक्रममा कम्पनीका सम्पुर्ण संचालकहरुको उपस्थिमा भएको छ । पाचँथर तथा ताप्लेजुुङ् जिल्लाको सिमाना भई बहने इङवा खोलामा ९.७ मेगावाटको विद्युत शक्ति उत्पादन गरेर १६ किलोमिटर लामो ३३ केभि ट्रान्समिसनलाईनको माध्यमबाट कम्पनीको पावरहाउस आँपडाडावाट हिलिहाङ गाँउपालिका वडा नं १ मा रहेको नेपाल विद्युत प्राधिकरण को अमरपुर सवस्टेशनमा जडान गरिएको छ । २०७८ साल श्रावण २३ गतेवाट कम्पनीले यो आयोजना निमार्ण कार्य थालनि गरी मिति २०८० साल चैत्रमा निमार्ण कार्य पुुरा गरेको छ । यो आयोजना निर्माण सम्पन्न गर्नका लागि जम्मा १९४ करोड लागत लागेको छ जसमध्ये संथापक तथा सर्वसाधारणको शेयर लगानी वाट ३० प्रतिशत लगानी र वाँकी ७० प्रतिशत नविल वैक लिमिटेडको एकल लगानी बाट सम्पन्न गरिएको छ । यो आयोजना याँङवारक गाँउपालिका वडा नं २ मा वाँधस्थल र वडा नं ३ मा पावरहाउस रहेको छ । यस आयोजनाको नेट हेड १८९ मिटर रहेको छ र यसमा ४.५ किलोमिटर लामो फलामको पेनस्टक पाइपको माध्यमबाट पावरहाउसमा पानि खसालि विद्युत उत्पादन गरिएको छ ।