पकडी कपिलवस्तुमा एभरेष्ट बैंकको एक्स्टेन्सन काउन्टर सञ्चालन
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले नयाँ काउन्टर विस्तार गरेको छ । बैंकले मायादेवी गाउँपालिका वडा नं. १ पकडी कपिलवस्तुमा तौलिहवा शाखा कार्यालयको मातहतमा रहने गरी आफ्नो चौथो एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।
उक्त एक्स्टेन्सन काउन्टरको उद्घाटन लुम्बिनी प्रदेशको क्षेत्र नं. १ (ख) का प्रदेश सभा सदस्य मधुसुदन सरन चौधरी र बैंकका लुम्बिनी प्रदेशका प्रादेशिक प्रबन्धक लवप्रसाद कुइकेलले संयुक्त रुपमा गरेका छन् । सो उद्घाटन समारोहमा कुइकेलले बैंकहरु विश्वासको सहयात्री भएको साथै पकडी र सो आसपासका बासिन्दाहरुलाई सबल, सरल, उत्कृट साथै अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराइने प्रतिवद्दता व्यक्त गरे ।
सर्वसाधरणहरुले उक्त एक्स्टेन्सन काउन्टरबाट सुरुवाती ३ महिनाको लागि विभिन्न अफरहरु पाउने छन् । जसमा साधारण बचत खाता (न्युनतम मौज्दात) एक सय रुपैयाँ, चल्ती खाता (न्युनतम मौज्दात) दुई हजार पाँच सय रुपैयाँ, तलबी बचत खातामा शुन्य मौज्दात, नारी बचत खातामा एक हजार २५० र डेबिट कार्ड, एसएमएस, मोबाईब बैंकिङ्ग सेवा पहिलो पटक निःशुल्क रहेको छ ।
Shares