नबिल बैंकको नाफा ७ अर्ब १२ करोड ७५ लाख, १७.६४ प्रतिशत लाभांश क्षमता

अर्थकागज
प्रकाशित: २७ साउन २०८२
Image description

काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले सो अवधिमा ७ अर्ब १२ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ६ अर्ब १९ करोड ७१ लाख रुपैयाँको तुलनामा १५.०१ प्रतिशतले बढी हो।

वित्तीय विवरणअनुसार, बैंकको खुद ब्याज आम्दानी ०.०६ प्रतिशतले बढेर १६ अर्ब ३२ करोड ७२ लाख रुपैयाँ पुगेको छ। कुल सञ्चालन आम्दानी ३.४१ प्रतिशतले बढेर २१ अर्ब ५१ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा २५.४४ प्रतिशतले बढेर १० अर्ब ८४ करोड ७८ लाख रुपैयाँ भएको छ।

चौथो त्रैमाससम्ममा बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३१ अर्ब ९० करोड ९५ लाख रुपैयाँ रहेको विवरणमा उल्लेख गरिएको छ। बैंकको लाभांश क्षमता भने १७.६४ प्रतिशत रहेको बैंकले जनाएको छ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर