फस्र्ट माइक्रोफाइनान्स मर्जरमा जाने, बोलायो साधारणसभा

प्रकाशित:
१२ मंसिर २०८१

काठमाडौं । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले साधारणसभा बोलाएको छ । मंसिर १९ गते बसेको संचालक समितिको बैठकले पौष ११ गते अम्रपाली ब्याङ्केट, भाटभटेनीमा बोलाएको हो ।
सभाले चुक्ता पुँजीको ०.४७ प्र्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) र ९ प्रतिशत बोनस सेयर लाभांश पारित गर्नेछ । त्यसै गरी सभाले यस संस्था र अन्य कुनै लघुवित्त वित्तीय संस्था गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) आवश्यक भएको आवस्थामा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) कार्य सम्बन्धी आवश्यक सम्पुर्ण कार्य गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने र संचालकहरुको नियुक्ति अनुमोदन गर्ने लगायतको प्रस्ताव पारित गर्नेछ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares