नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन

अर्थकागज
प्रकाशित: २८ कात्तिक २०८१
Image description

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेमा बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र मन्दाकिनी हाइड्रोपावरको बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ८ प्रतिशत बोनसपछि नेप्सेले प्रतिकित्ता ६ सय ३५ रुपैयाँ १९ पैसा कायम हुने गरी मूल्य समायोजन गरेको छ । नेप्सेमा मंगलबारको अन्तिमा कारोबार मूल्य ६८६ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो ।

त्यस्तै मन्दाकिनी हाइड्रोपावरको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन गरिएको नेप्सेले जनाएको छ । मंगलबारको अन्तिम कारोबार मूल्य ८४४ रुपैयाँ ९० पैसालाई आधार मानेर भाउ समायोज गरिएको हो । समायोजन पछिको मूल्य ८०४ रुपैयाँ ७६ पैसा कायम भएको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर