१७८ तोला सुन र ५,९९८ तोला चाँदी बेच्दै पाथीभरा क्षेत्र विकास समिती
प्रकाशित:
२० फागुन २०८०
पाथीभरा क्षेत्र विकास समिती ताप्लेजुङले आफ्नो स्वामित्वमा रहेको सुन तथा चाँदी बिक्रि गर्ने भएको छ । समितीले आज एक सूचना जारी गर्दै १७८ तोला ८२ लाल सुन र ५ हजार ९ सय ९८ तोला १२ लाल चाँदी बिक्रिका लागी बोलपत्र आह्वान गरेको छ ।
समितीले सुनको न्यूनतम मूल्य प्रतितोला १ लाख २१ हजार र चाँदीको प्रतितोला १ हजार ४ सय १० रुपैयाँ तोकेको छ । इच्छुक आवेदकले सो वा सोभन्दा बढि मूल्यमा आवेदन दिन सक्नेछन् । इच्छ
क आवेदकले सूचनाका प्रकाशित भएको २१ दिन भित्रमा आवेदन दिन सक्नेछन् ।
समितीले प्रकाशन गरेको सूचनाः
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares