हिम स्टार ऊर्जाको आईपिओ तत्काल सेयरधनीको खाता जम्मा नहुने

अर्थकागज
प्रकाशित: ०२ भदौ २०८२
Image description

काठमाडौं । हिम स्टार ऊर्जा कम्पनी लिमिटेडले हालैको आईपीओ मार्फत बाँडफाँट गरेको सेयर तत्काल सेयरधनीहरुको हितग्राही खातामा जम्मा नहुने भएको छ । कम्पनीले हालैको आईपीओमार्फत बाँडफाँट गरिएका आधारभुत सेयर स्थगन (फ्रिज) गरिएको जानकारी दिएको छ।

कम्पनीले जनाएको अनुसार २०८२ साल भदौ २ गते लगानीकर्ताहरूको खातामा सेयरहरू जम्मा गर्ने क्रममा, यसको सेयर रजिष्ट्रार तथा ट्रान्सफर प्रतिनिधि एनआईसी एशिया क्यापिटल लिमिटेडमार्फत प्राविधिक त्रुटि भएको थियो।

यसअनुसार, सो दिन लगानीकर्ताको खातामा जम्मा गरिएका सबै सेयर त्रुटि सच्याइएर आवश्यक प्रक्रिया पूरा नभएसम्म स्थगन (फ्रिज) गरिएको छ। समस्या समाधान भएपछि थप जानकारी लगानीकर्ताहरूलाई उपलब्ध गराइने कम्पनीले जनाएको छ।

कम्पनीले १८ हजार ६५० कित्ता सेयर कर्मचारीहरुका लागि र ४६ हजार ६२५ कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरी बाँकी रहेको ७ लाख ७३ हजार ९७५ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर