सोनापुर मिनरल्सको आईपीओ बाँडफाँड

अर्थकागज
प्रकाशित: २३ असोज २०८०
Image description

काठमाडौं । सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । धितोपत्र निश्कासन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलको अनुसार आज अर्थात बुधबार विहान क्यापिटलको केन्द्रिय कार्यालय लाजिम्पाट, काठमाडौंमा आईपीओ बाँडफाँड भएको हो ।

कम्पनीले असोज १४ गतेदेखि सर्वसाधारणलाई ९७ लाख ३२ हजार ५ सय ४४ कित्ता सेयर निश्कासन गरेको थियो । कम्पनीले प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँमा प्रिमियम वापत १३७.२८ रुपैयाँ थप गरि प्रति कित्ता २३७.५८ रुपैयाँमा सेयर निष्काशन गरेको थियो । माग भन्दा बढी आवेदन परेकोले आईपीओ बाँडफाँड गोलाप्रथाबाट भएको थियो ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर