तारागाउँ रिजेन्सी सहित तीन कम्पनीको साधारणसभा आज बस्दै, लाभांश पारित गरिने
काठमाडौं । आज पुस २४ गते लाभांश पारित गर्नका लागि तीनवटा कम्पनीहरूको साधारणसभा बस्दैछ। आज लक्ष्मी सनराइज बैंक, तारागाउँ रिजेन्सी होटल्स र हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेनट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) को साधारणभा बस्न लागेको हो। साधारणसभा बस्न लागेकामध्ये लक्ष्मी सनराइज बैंकले चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ०.२६ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ। बैंकको सभा अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा बिहान ११ बजेदेखि शुरू हुनेछ। सभा प्रयोजनका लागि यस बैंकले पुस १७ गते बुक क्लोज गरिसकेको छ। बुक क्लोजको आधारमा पुस १६ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।
तारागाउँ रिजेन्सी होटलले चुक्ता पूँजीको ११ प्रतिशत नगद लाभांश (कर बाहेक) वितरणको प्रस्ताव गरेको छ। होटलको सभा नेपाल आर्मी अफिसर्स क्लब, जङ्गिअड्डा–भद्रकाली, काठमाडौंमा बिहान साढे ११ बजेदेखि शुरू हुनेछ। सभा प्रयोजनका लागि होटलले पुस ७ गते बुक क्लोज गरिसकेको छ। बुक क्लोजको आधारमा पुस ४ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।
एचआईडीसीएल कम्पनीको सभाले चुक्ता पूँजीको ५.२५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ। यसका लागि कार्की ब्याङ्क्वेट, बबरमहल, काठमाडौंमा बिहान १० बजेदेखि सभा बस्नेछ। सभा प्रयोजनका लागि यस कम्पनीले पुस १२ गते बुक क्लोज गरिसकेको छ। बुक क्लोजको आधारमा पुस ११ गतेसम्म कायम शेयधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्ने
छन्।
Shares