रिडी पावरको आम्दानी १९८ प्रतिशतले बढ्यो, अन्य अवस्था कस्तो ?

अर्थकागज
प्रकाशित: २९ कात्तिक २०८१
Image description

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको नाफा बढेको छ ।

असोज मसान्तसम्ममा कम्पनीले ५ करोड ३९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद मुनाफा ४ करोड ७५ लाख रुपैयाँ ऋणात्मक रहेको थियो ।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री तथा अन्यबाट १२ करोड १ लाख रुपैयाँ आम्दानी गरेको छ जुन अघिल्लो बर्षको तुलनामा १९८.२४ प्रतिशतले बढि हो । २ अर्ब ३२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिजर्भ भने २१ करोड ४८ लाख रुपैयाँले ऋणात्मक रहेको छ। असोज मसान्तसम्ममा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ८ रुपैयाँ ६१ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ९६ रुपैयाँ १८ पैसा रहेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर