आरती पावर कम्पनीले बोलायो साधारणसभा, आईपीओ जारी गर्ने


काठमाडौं । आरती पावर कम्पनी लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्ने प्रस्तावसहित साउन ३२ गते शुक्रबार टोखाको पारिजात पार्टी प्यालेसमा बार्षिक साधारणसभा बोलाएको छ ।
साधारणसभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष द्वारा आार्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन प्रस्तुत, छलफल तथा स्वीकृत गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८०/ २०८१ माथी छलफलगरी स्वीकृत गर्ने, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८१/ २०८२ का लागि लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने र सर्वसाधारणको लागि सेयर निश्काशन गर्ने र सोबाट प्राप्तहुने रकमको उपयोग सम्बन्धमा लगायतको प्रस्ताव पारित गर्नेछ । त्यसै गरी सभाबाट कम्पनीको शेयर पुँजीको समुहगत वर्गीकरण संसोधनगर्न कम्पनीको प्रवन्धपत्रको दफा ६ को उपदफा घ संसोधन गर्ने, कम्पनीको नियमालीको नियम २७ बमोजी संचालक समिति चयन गर्ने लगायतको विशेष प्रस्ताव पारित गर्ने छ । कम्पनीले भोजपुरमा १४.५ मेगावाट क्षमताको अपर इर्खुवा जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
Shares