स्टार माईक्रो इन्स्योरेन्सको साधारणसभा आज, आईपीओ निष्काशनको प्रस्ताव पारित हुने

प्रकाशित:
२७ फागुन २०८०

काठमाडौं । स्टार माईक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारणसभा आज बिहान ११ बजेदेखि कम्पनीको प्रादेशिक कार्यालय दरबारमार्ग,काठमांडौमा सुरु हुनेछ । कम्पनीको फागुन ३ गते बसेको सञ्चालक समितीले साधारणसभा आज गर्ने निर्णय गरेको थियो ।
सभाले कम्पनीको चुक्ता पूँजीको ३० प्रतिशत बराबरको साधारण सेयर (आईपिओ) निष्काशन गर्ने प्रस्ताव सहित विभिन्न प्रस्ताव हरु पारित गर्नेछ । साथै सभाले गत आर्थिक बर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाबमा छलफल गरी पारित गर्ने छ भने चालु आर्थिक बर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares