एचआईडिसिएलको लिलामीमा प्राप्त बोलपत्र खोलियो, कटअफ मूल्य कति ?

अर्थकागज
प्रकाशित: १३ भदौ २०८१
Image description

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड एचआईडिसिएलले लिलामीमा ल्याएको अवितरित हकप्रद सेयरको को बोलपत्र भदौ १२ गते खोलिएको छ । । कम्पनीले साउन २९ गतेदेखि अवितरित हकप्रद शेयर मध्ये लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री नभई बाँकी रहेको १ करोड ६८ लाख ५९ हजार ५० कित्ता सेयर पुनः लिलामीमा बिक्री खुला गरेको थियो ।

सेयर लिलामी प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनसार लिलामी सेयरमा करिब २ हजार ५ सय आवेदकहरुको आवेदन परेको छ प्रारम्भिक रुपमा कटअफ मूल्य १४५.६६ रुपैयाँ रहेको बताएता पनि थप आवेदनहरुको अध्ययन गर्दा अहिले कटअफ मूल्य प्रतिकित्ता १३६ रुपैयाँ भएको बताइएको छ । यद्यपि अन्तिम कटअफ मूल्य र सेयर कित्ताहरुको मागको आधरमा केहि परिवर्तन हुनसक्ने छ ।

कम्पनीले उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकेको थियो भने इच्छुक आवेदकले न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पुर्ण कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर