गरिमा विकास बैंकलाई ऋण उठाउन हम्मेहम्मे !

अर्थकागज
प्रकाशित: २३ भदौ २०८०
Image description

काठमाडौं । गरिमा विकास बैंकलाई ऋणीबाट ऋण उठाउन हम्मेहम्मे परेको छ । ऋण उठाउन नसकेपछि बैंकले ऋण शाखालाई बैंकले तवाव दिदै आएका छ । ऋणीबाट व्याज र साँवा कसरी लिने भनेर बैंकका कर्मचारी तनावमा छन् । बारम्बार ऋण असुलीको ताकेता गर्दा पनि ऋणीले साँवा र व्याज तिरेका छैनन् ।

बैंकले जथाभावी ऋण प्रवाह गर्दा अहिले बैंकमा समस्या आएको एक कर्मचारीले बताए । विशेष गरी बैंकले प्रवाह गरेको ऋणमा नातावाद र कृपावादको हावी देखिएको छ । जसले गर्दा बैंकमा ऋणले साँवा र व्याज नतिर्ने ऋणीको संख्या बढ्ने क्रम बढ्दो छ ।

अहिले  बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) गोविन्दप्रसाद ढकालको व्यवस्थापन टिमलाई संचालक समितिले ऋण उठाउन दबाब दिइरहेका छन् । संचालक समितिले ऋण उठाउन दबाब दिएसँगै बैंकले ऋणी उठाउने अन्तिम अस्त्र ३५ दिने लिलामी सुचना निकाल्न थालेको छ ।

बैंकले पत्रिकाको पाना भरी भरी ऋणीको सुचना जारी गरेर ऋण तिर्न ऋणीलाई आह्वान गरिरहेका छ । तर ऋणीहरु भने बैंकले बेला बेलामा ऋणको व्याजदर बढाएर आफूमाथि अन्याय गरेको अरोप बैंकलाई लगाउँदै आएका छन् । पीडितहरुको गुनासो क्रमस आउनेछ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर