सरकारको अस्थिर नीतिले लगानीकर्ता पर्ख र हेरको अबस्थामा
अहिले आम लगानीकर्ताले नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षालाई पर्खेर बसेका छन् । त्यसैले कारोबारमा सुस्त देखिएको छ । राष्ट्र बैंकले शेयरमा लगाउँदै आएको रिक्स वेइतेज १००% मा झार्न, बैंकलाई लगानी गर्न दिने र सस्थागत लगानीकर्ताको २० करोडको क्याप हटाइए नेप्सेले सकारात्मक बाटो लाग्नेछ । यसले सरकारको राजस्वमा वृद्धि गर्नेछ । बजारमा पनि सबल तथा बलियो कम्पनी बद्दा दिगो हुन्छ ।
नेपाल राष्ट्र बैंकले अस्थिर नीति लिएकै कारण बजारमा ठूलो गिरावट आयो । लगानीमैत्री बाताबरण नभएर ठूला तथा सस्थागत लगानीकर्ता बजारमा पर्ख र हेरको अबस्थामा छन् ।
जब बैंक ब्याजदर घट्दै जान्छ तब शेयरबजारमा नि सकारात्मक असर पर्छ तर अहिले ठिक बिपरित भइरहेको छ । यो हुनुको कारण राज्यले लगानीलाई प्रोत्साहन गरिरहेको छैन् । अहिले बजारमा पर्याप्त तरलता र घट्दो ब्याजदर हुँदा पनि सरकारले लगानीको उचित बाताबरण नबनाउँदा ठूला तथा सस्थागत लगानीकर्ताको उपस्थिति कम हुँदा राम्रा र सबल मानिएको कम्पनीहरुको शेयरमूल्य ज्यादै तल आएको छ । हाम्रो बजारमा दीर्घकालीन लगानीकर्ता भन्दा अल्पकालीन टेडर्स (Traders) हाबी भएकोले धेरै समय बजार १८०० देखि २२०० पुग्ने गरेको छ । राम्रो मानिएको कम्पनीहरुको शेयरमा लगानीकर्ताको आकर्षक कम हुँदै गएर ५२ हप्ताको न्यून मुल्यमा कारोबार भइरहेको छ । बजारलाई बिकास र दिगो बनाउन ठूला तथा सस्थागत लगानीकर्ता आउनुको विकल्प देखिदैन ।
Shares