नेपाल इस्योरेन्स कम्पनीको सिईओको तलव कति ?


काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७९/ २०८० मा ७४ लाख ५१ हजार ३ सय प्रमुख कार्यकारी अधिकृत (सिईओ) लाई तलव भत्ता बापत खर्च गरेको छ । कम्पनीको सिईओमा बिके महर्जन रेहका छन् । त्यसै गरी संचालक समितिको बैठक भत्ता बापत कम्पनीले १८ लाख २० हजार रुपैयाँ खर्च गरेको छ ।
त्यसै गरी कम्पनीले प्रबन्धक तथा सो भन्दा माथिका पदाधिकारीहरुलाई पारिश्रमिक, भत्ता तथा सुविधा वापत ३ करोड १० लाख ८५ हजार ५२२ रुपैयाँ खर्च गरेको छ । कम्पनीले लेखापरीक्षण समितिका संयोजकलाई प्रति बैठक १२ हजार रुपैयाँ र अन्य सदस्यलाई १० हजार रुपैया दिएको छ ।
त्यसै गरी संचालक समितिको सदस्यहरुलाई टेलिफोन, मोवाईल, पत्रपत्रिका , परिवहन तथा इन्धन, स्वास्थ्य र भैपरी आउने शिर्षक अन्तरगत मासिक प्रति संचालकलाई एकमुष्ट मासिक ३० हजार रुपैयाँ दिइएको छ । कम्पीले पुष १३ नेपाल प्रज्ञा प्रतिष्ठानन काठमाडौंमा विहा ११ बजे साधारणसभा गर्दैछ ।
Shares