नेपाल इस्योरेन्स कम्पनीको सिईओको तलव कति ?

अर्थकागज
प्रकाशित: ०८ पुस २०८०
Image description

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७९/ २०८० मा ७४ लाख ५१ हजार ३ सय प्रमुख कार्यकारी अधिकृत (सिईओ) लाई तलव भत्ता बापत खर्च गरेको छ । कम्पनीको सिईओमा बिके महर्जन रेहका छन् । त्यसै गरी संचालक समितिको बैठक भत्ता बापत कम्पनीले १८ लाख २० हजार रुपैयाँ खर्च गरेको छ ।

त्यसै गरी कम्पनीले प्रबन्धक तथा सो भन्दा माथिका पदाधिकारीहरुलाई पारिश्रमिक, भत्ता तथा सुविधा वापत ३ करोड १० लाख ८५ हजार ५२२ रुपैयाँ खर्च गरेको छ । कम्पनीले लेखापरीक्षण समितिका संयोजकलाई प्रति बैठक १२ हजार रुपैयाँ र अन्य सदस्यलाई १० हजार रुपैया दिएको छ ।

त्यसै गरी संचालक समितिको सदस्यहरुलाई टेलिफोन, मोवाईल, पत्रपत्रिका , परिवहन तथा इन्धन, स्वास्थ्य र भैपरी आउने शिर्षक अन्तरगत मासिक प्रति संचालकलाई एकमुष्ट मासिक ३० हजार रुपैयाँ दिइएको छ । कम्पीले पुष १३ नेपाल प्रज्ञा प्रतिष्ठानन काठमाडौंमा विहा ११ बजे साधारणसभा गर्दैछ ।

var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))}; document.write('');

प्रतिक्रियाहरू

सम्बन्धित खबर