बुटवल लायन्स आँखा अस्पतालद्धारा नेपाल अपाङ्ग आश्रममा निशुल्क आँखा परिक्षण
प्रकाशित:
२२ असोज २०८०
विश्व दृष्टि दिवसका अवसरमा नेपाल नेत्रज्योति संघ बुटवल लायन्स आँखा अस्पतालले बुटवल ११ मा रहेको नेपाल अपाङ्ग आश्रममा निशुल्क आँखा जाँच गरेको छ ।
सोमबार बुटवल लायन्स आँखा अस्पताल को आयोजना तथा लियो क्लव अफ मेट्रो सिटी को सहआयोजनामा कार्यस्थलमा आँखा लाई माया गरौं भन्ने मुल नारा सहित आँखा जाँच गरिएको बताउछन् अस्पतालका व्यबस्थापक मनोज श्रेष्ठ ।
शिबिरमा ३० जना शारीरिक रूपमा अशक्त रहेका बिरामी हरुको आँखा जाँच गरिएको थियो । जसमा ७ जना विरामी हरू मा नजिक देख्न नसक्ने समस्या रहेको र अन्य सामान्य समस्या देखा परेको थियो, क्लब द्वारा चस्मा तथा औषधि निशुल्क वितरण गरिएको थियो ।
यो बर्ष अक्टोबर १२ तारिखमा विश्वभरी नै कार्यस्थलमा आँखालाई मायाँ गरौँ भन्ने नारा सहित बिश्व दृष्टि दिवस मनाईदैछ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares