मुक्तिनाथ कृषि कम्पनीको आईपीओ आजबाट खुल्यो, विदेश जानेले भर्न पाउने

अर्थकागज
प्रकाशित: १० कात्तिक २०८०
Image description

काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आज कात्तिक १० गतेदेखि आईपीओ बिक्री गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ बिक्री गर्न लागेको हो ।

कम्पनीले आफ्नो जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको १४ लाख कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये, १० प्रतिशत अर्थात् १ करोड ४० लाख रुपैयाँ बराबरको १ लाख ४० हजार कित्ता आईपीओ पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई जारी गर्न लागेको हो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि कात्तिक २४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

यो आईपीओमा बिक्री प्रबन्धकको काम एनआइएमबि एस क्यापिटलले गरेको छ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आईपीओ भर्न सक्नेछन् ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर