नेपाल टेलिकमको नाफामा ४८.६७ प्रतिशतको गिरावट
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को नाफा घटेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा यस कम्पनीको खुद नाफा ४८.६७ प्रतिशतले घटेर २ अर्ब ८४ करोड २२ लाख ८९ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ५ अर्ब ५३ करोड ७५ लाख ६३ हजार रुपैयाँ नाफा कमाएको थियो ।
यसअवधिमा कम्पनीको आम्दानी सामान्य घटेपनि डिफर्ड ट्याक्स उल्लेख्य बढेका कारण खुद नाफा घट्न पुगेको हो । चैत मसान्तसम्म आइपुग्दा कम्पनीको आम्दानी ०।६४ प्रतिशत घटेर २५ अर्ब ३१ करोड ७६ लाख रुपैयाँमा सीमित भएको छ । त्यस्तै, कम्पनीको वित्तीय आम्दानी समीक्षा अवधिमा ४६.०२ प्रतिशत घटेको छ भने कुल आम्दानी ८.८९ प्रतिशत घटेको छ ।
हाल यसको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ रहेको छ । टेलिकमको रिजर्भ कोषमा ७२ अर्ब ५९ करोड रुपैयाँ रहेको छ । यता, कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । गत वर्ष ४१ रुपैयाँ ०२ पैसा रहेको यसको प्रतिसेयर आम्दानी अहिले घटेर २१.०५ रुपैयाँ कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ भने ५०३.९३ रुपैयाँ रहेको छ ।
प्रतिक्रियाहरू
* * * <a href="http://ankhinnovation.com/index.php?smuqsb">Claim Free iPhone 16</a> * * * hs=5a704814a253214219d0db3fd13405c6* ххх*
1 year ago
5qg333
* * * Get Free Bitcoin Now: http://ankhinnovation.com/index.php?smuqsb * * * hs=5a704814a253214219d0db3fd13405c6* ххх*
1 year ago
5qg333
Shares