आज हिमालयन रिइन्स्योरेन्सको आईपीओ बाँडफाँड हुँदै

अर्थकागज
प्रकाशित: १० पुस २०८०
Image description

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको आईपीओ आज बाँडफाँड हुने भएको छ । क्यापिटलको अनुसार आज अर्थात बुधबार विहान १० बजे ताज रिसेप्शनमा हुने भएको हो ।

आईपीओ प्रिअलोटमेन्ट भने क्यापिटलले गरिसकेको छ । यो कम्पनीको आईपीओमा साढे १६ लाख बढीले आवेदन दिएका छन् । सीडीएससीका अनुसार आवेदन दिने अन्तिम समयसम्म १६ लाख ६० हजार २२ जना आवेदकले ६ अर्ब ६३ करोड ६३ लाख ४० हजार ४ हजार ४२० रुपैयाँबराबरको ३ करोड २२ लाख १५ हजार ७० कित्ताका लागि आवेदन दिएका हुन् । यस हिसाबमा १० कित्ताका दरले सेयर सबैलाई पर्छ भने २० कित्ताका लागि भने गोलाप्रथाका माध्यमबाट बाँडफाँड हुनेछ ।

कम्पनीले मंसिर २७ गतेबाट प्रिमियम मूल्यमा ६ अर्ब १८ करोड रुपैयाँको आईपीओ निश्कासन गरेको थियो । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री गरिसकेको छ। कम्पनीले ३ करोड कित्ता आइपीओ निष्काशनको अनुमति पाएको थियो। त्यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १० प्रतिशतले हुन आउने ३० लाख कित्ता आइपीओ बिक्री गरिसकेको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँ १०६ रुपैयाँ प्रिमियम मूल्य थप गरी २०६ रुपैयाँमा आईपीओ बिक्री खुला गरेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर