आईएमई लाइफको संचालकको बैठक भत्ता ६६.६६ प्रतिशतले बढाउँदै, कुन भत्ताको शिर्षकमा कति प्रतिशतले बढ्यो ?


काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संचालक समितिक बैठक भत्ता र दैनिक भत्ता बढाउने तयारी गरको छ । कम्पनीले तीन महले बनाई बैठक भत्ता र दैनिक भत्ता बढाउने प्रस्ताव सातौ वार्षिक साधारणसभामा लौजाने भएको हो । कम्पनीको बार्षिक प्रतिवेदन अनुसार संचालक समितिको अध्यक्षको बैठक भत्ता ६६.६६ प्रतिशत र संचालक समितिका सदस्यहरुको बैठक भत्ता ६० प्रतिशतले बढाउने प्रस्ताव अघि सारेको छ ।
अहिले संचालक समितिको अध्यक्षले प्रति बैठक भत्ता १२ हजारबाट २० हजार र अहिले संचालक समितिहरुको प्रति बैठक भत्ता १० हजारबाट १६ हजार पुर्याउने प्रस्ताव गरिएको छ । त्यसै गरी कामको सिलसिलामा संचालकको अध्यक्षले नेपाल भ्रमण गर्दा हाल दैनिक भत्ता ४ हजारबाट ५ हजार रुपैयाँ र संचाल समितिका सदस्यहरुले हाल ३ हजार ३ सयबाट ४ हजार रुपैयाँ पुर्याउने प्रस्ताव अघि सारेको छ । त्यसै गरी भारत भ्रमण गर्दा अध्यक्षको लागि बासस्थानको लागि भारु ८ हजार रुपैयाँबाट अहिले बिलको आधारमा र अध्यक्षको हालको दैनिक भत्ता भारु ६ हजारबाट ६ हजार ५ सय रुपैयाँ र संचालक समितिका सदस्यहरुलाई बासस्थानको लागि भारु ७ हजारबाट अहिले बिलको आधारमा र सदस्यहरुको दैनिक भत्ता बारु ५ हजार ५ सयबाट ६ हजार रुपैयाँ पुर्याउने प्रस्ताव अघि सारिएको छ । त्यसै गरी मलेसिया, आईल्याण्ड तथा सार्क देशहरुमा बासस्थानका लागि हाल अमेरिकन डलर २ सय डलर र दैनिक भत्ता बापत १३० डलरबाट अहिले अध्यक्षलाई बासस्थानको लागि ३२५ डलर र दैनिक भत्ता २२५ रुपैयाँ पुर्याउने र संचालक सदस्यहरुको बासस्थानको लागि १७५ डलर र दैनिक भत्ता ११० डलरबाट अहिले बासस्थानको लागि ३०० डलर दैनिक भत्ता २०५ डलर पुर्याउने प्रस्ताव अघि सारेको छ । त्यसै गरी अध्यक्षले अन्य देशमा बासस्थानको लागि २२५ डलर र दैनिक भत्ता १८० डलरबाट अहिले बासस्थानको लागि ४२५ डलर र दैनिक भत्ता बापत ३२५ डलर पुर्याउने र संचालक समितिका सदस्यहरुलाई बासस्थानको लागि २१५ डलर र दैनिक भत्ता १६० डलरबाट अहिले बासस्थानको लागि ४०० डलर देनिक भत्ता ३०० डलर पुर्याउने प्रस्ताव अघि सारको छ । समयसापेक्षा अनुसार भत्ता बढाउनु परेको कम्पनीले बताएको छ ।
प्रतिक्रियाहरू
भानुभक्त पाण्डे
10 months ago
कम्पनी डुबाने खेलो
ढुण्डी राज दुलाल
10 months ago
खाएर सक है शेयर धनी हेरेका हेरै छ्न
ढुण्डी राज दुलाल
10 months ago
खाएर सक है शेयर धनी हेरेका हेरै छ्न
Shares