मिथिला लघुवित्तको नाफा ४१ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?
काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार लघुवित्तको नाफामा बृद्धि देखिएको छ ।
समिक्षा अवधिमा लघुवित्तले ३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ४१.५१ प्रतिशतले बढि हो । लघुवित्तले गत आर्थिक वर्षको सोही अवधिसम्ममा २ करोड १२ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो।
यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी पनि ३१.५३ प्रतिशतले बढेको छ त्यस्तै लघुवित्तको खुद सञ्चालन आम्दानी ४४.२९ प्रतिशतले बढेर ३ करोड ५३ लाख रुपैयाँ पुगेको छ । लघुवित्तको खराब कर्जा ४.९४ प्रतिशतबाट घटेर ३.९ प्रतिशत पुगेको छ ।
त्यस्तै चैत्र मसान्तसम्मा लघुवित्तको प्रतिशेयर आम्दानी २० रुपैयाँ ४४ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ४१ पैसा रहेको छ ।
Shares