एनएमबि बैंकको लाभांश घोषणा, नगद र बोनस कति ?

अर्थकागज
प्रकाशित: ०७ मंसिर २०८२
Image description

काठमाडौं । एनएमबि बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ५ प्रतिशत बोनस सेयर रहेको छ भने ५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर