भर्नु भयो छ्याङ्दी हाइड्रोपावरको १०० प्रतिशत हकप्रद ? आवेदन दिने आज अन्तिम दिन
प्रकाशित:
२६ असार २०८२
काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिन आज (असार २७) गते अन्तिम दिन रहेको छ। कम्पनीले जेठ २३ गतेदेखि हाल कायम चुक्ता पूँजीको १ः१ अनुपातमा कम्पनीले ३८ करोड ६९ लाख ७७ हजार ५ सय रुपैयाँ बराबरको ३८ लाख ६९ हजार ७ सय ७५ कित्ता हकप्रद सेयर जारी गरेको हो । यस हकप्रद सेयर निष्काशनको बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आईएमई क्यापिटल लिमिटेडले वहन गरेको छ ।हकप्रद सेयरमा आवेदन गर्नका लागि कम्पनीले जेठ २ गते बुक क्लोज गरेको थियो। तसर्थ, जेठ १ गतेसम्म नाम कायम रहेका सेयरधनीहरुले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्ने छन्।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares