२२ महिनामा २० वटा कारवाही, लगानीकर्ताको हित संरक्षणमा रमेश हमाल !

अर्थकागज
प्रकाशित: १९ पुस २०८०
Image description

काठमाडौं । धितोपत्र बजारको नियामक संस्था नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष रमेश हमालले बोर्डको स्थापना भएको ३० वर्षको अवधिमा हुन नसकेको काम २२ महिनामा गर्न सफल भएका छन् । हमालले सेयर बजारमा भएको बिकृति र विसंगतीलाई हटाउन हरेक महिना एक वटाको दरले कारवाही गरेका छन् ।

धितोपत्र बार्डको स्थापना भएदेखि हमाल आउनु अघिसम्म जम्मा १० वटा कारवाही भएका थिए । तर सेयर बजारमा हमाल धितोपत्र बोर्डमा नियुक्ती भएपछि २२ महिनाको अवधिमा २० वटा कारवाही गरेका छन् । अर्थात १ महिनामा १ वटाका दरले कारवाही गरेका छन् ।

लगानीकर्ताको हित संरक्षणमा रमेश हमालले कुनै कसर बाँकी नछाडेको सेयर विश्लेषकहरु बताउँछन् । त्यसैले हमालको कार्यकाल पुन दोर्याउन लगानीकर्ताले हमाललाई दबाब दिईरहेका छन् । लगानीकर्ताले रमेश हमाललाई धितोपत्र बोर्डको अध्यक्षमा पुन दोहोर्याउन सरकारलाई विभिन्न फोरमहरु मार्फत ध्यानाकर्षण समेत गर्दै आइरहेका छन् ।

लगानीकर्ता हित संरक्षणमा जोड दिई सम्पादित कार्य

आस्वा शुल्कमा कटौती : लगानीकर्ताको हकहितलाई ध्यान दिदैं बैंक वा वित्तीय संस्थाले धितोपत्र खरिद सम्बन्धी सुविधा उपलब्ध गराए बढीमा रु. पाँच सेवा शुल्क लिन सक्ने व्यवस्था गरिएको छ जसबाट आईपीओमा लगानी गर्ने लगानीकर्ताहरुको लागत कमी हुन भई बजारमा लगानी गर्न प्रोत्साहन हुने अवस्था भएको छ ।

२. बोर्डकोईतिहासमा पहिलोपटक धितोपत्र दर्ता गरी नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकृत भई कारोबार भईरहेका कम्पनीले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ बमोजिम बुझाउनुपर्ने त्रैमासिक विवरण नबुझाउने र ढिला गरी विवरण बुझाउने ८८ वटा कम्पनीलाई स्पष्टीकरण सोधी कारवाही प्रकृया अगाडि बढेको छ ।

३. बोर्डबाट लगानीकर्ताहरुको हक हित संरक्षणका लािग कानुन प्रबलीकरणलाई सुदृढ गर्ने क्रममा छोटो समयमा नै २० भन्दा बढी कारवाही गरिएको छ । उक्त क्रममा धितोपत्र सम्बन्धी कसूरहरुमा कारबाही, धितोपत्रको भित्री कारोबारको अनुसन्धान, धितोपत्र व्यवसायीहरुलाई कारवाही गरिएको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर