अपि पावरको लिलामी सेयर भर्ने आज अन्तिम दिन

अर्थकागज
प्रकाशित: २४ असोज २०८०
Image description

काठमाडौं ।अपि पावर कम्पनी लिमिटेडले असोज १७ गतेदेखि खुल्ला गरेको लिलामी सेयर भर्ने आज असोज २४ गते अन्तिम दिन रहेको छ । कम्पनीले ११ लाख ९४ हजार ९३४ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो ।

यसअघि कम्पनीले साउन ३१ देखि भदौ १९ गतेसम्म ४० प्रतिशत अर्थात् १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर बिक्री खुल्ला गरेको थियो । सो अवधिमा बिक्री नभएको ११ लाख ९४ हजार ९३४ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो ।

यो लिलामी सेयरको मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

 कहाँबाट आवेदन दिने ?

यस कम्पनीले निश्कासन गरेको सेयरमा व्यक्तिगत र संस्थागत दुवै लगानीकर्ताले मुक्तिनाथ क्यापिटल लिमिटेडको प्रधान कार्यालय नारायण चौर नक्कसाल काठमाडौं, मुक्तिनाथ विकास बैंकका सवै लिमिटेडका शाखा कार्यालयहरु ठिमी भक्तपुर, कुमारीपाटी–ललितपुर, विर्तामोड, विराटनगर, विरगंज, जनकपुर, हेटौडा, नारायणगढ, चिप्लेढुङ्गा–पोखरा, बाँगलुङ्ग, बुटवल, घोराही दाङ, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगरबाट आवेदन दिन सक्नेछन् ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर