जीवन विकास लघुवित्तको नाफा बढ्यो, लाभांश क्षमता ६४ प्रतिशत
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तिय विवरण अनुसार कम्पनीको नाफामा बृद्धि आएको छ ।
समिक्षा अवधिमा संस्थाले ५८ करोड २२ लाख खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ४३.६७ प्रतिशत वृद्धि हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनील ४० करोड ५२ लाख नाफा कमाएको थियो ।
समिक्षा अवधिमा संस्था खुद ब्याज आम्दानी बढेर १ अर्ब ६७ करोड ८ लाख रुपैयाँ पुगेको छ जुन अघिल्लो आर्थिक बर्षको तुलनमा ११.९१ प्रतिशतले बढि हो अघिल्लो बर्ष संस्थाको यस्तो नाफा १ अर्ब ४९ करोड ३० लाख रुपैयाँ थियो ।
१ अर्ब ३४ करोड ७५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको संस्थाको जगेडा कोषमा १ अर्ब ४३ करोड ६४ लाख रुपैयाँ जम्मा रहेको छ भने वितरणयोग्य मुनाफा ८६ करोड ८२ लाख रुपैयाँ पुगेको छ । यस अनुसार संस्थाको लाभांश क्षमता ६४.४३ प्रतिशत रहेको देखिन्छ ।
संस्थाको प्रतिसेयर आम्दानी ४३ रुपैयाँ २१ पैसा रहेको भने प्रतिसेयर नेटवर्थ २७१ रुपैयाँ ३ पैसा छ ।
प्रतिक्रियाहरू
arjnepal46@gmail.com
1 year ago
Ok
arjnepal46@gmail.com
1 year ago
Ok
arjnepal46@gmail.com
1 year ago
Ok
Shares