माबिलुङ इनर्जीले असार २२ देखि आईपीओ निष्कासन गर्ने

अर्थकागज
प्रकाशित: १४ असार २०८२
Image description

काठमाडौं । माबिलुङ इनर्जी लिमिटेडले असार २२ गतेदेखि पहिलो चरणको आईपीओ निश्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ खुलाउन लागेको हो ।

प्रतिकित्ता १०० रुपियाँका दरले १८ लाख ९० हजार ५३० कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

जसअनुसार पहिलो चरणमा ३ लाख ८५ हजार ८२४ कित्ता आयोजना प्रभावित र १ लाख ५० हजार ४७१ कित्ता आईपीओ श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गएका नेपालीका लागि निष्कासन गर्न लागेको हो ।

आयोजना प्रभावितका लागि छुट्याइएको आईपीओमा संखुवासभाको मादी नगरपालिकाको वडा नम्बर ७, ८, ९ र चैनपुर नगरपालिकाको वडा नम्बर २, ३, ७, ८, ९ मा स्थानीयले आवेदन दिन सक्नेछन् ।

दुवै श्रेणीका लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आयोजना प्रभावितका लागि निष्कासन बन्द छिटोमा साउन ४ गते हुनेछ भने ढिलोमा साउन १९ गते हुनेछ । त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने साउन ४ गतेभित्रै आवेदन दिइसक्नुपर्नेछ ।

आवेदन साउन ४ गते रहेको छ । आयोजना प्रभावितबाट पूर्ण आवेदन प्राप्त नभएमा साउन १९ गतेसम्म लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेकाले साउन ४ गतेभित्रै आवेदन दिइसक्नुपर्नेछ ।

कम्पनीको आईपीओमा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका साथै ग्लोबल आइएमई बैंकको चैनपु्र शाखा, हिमालयन बैंकको मादी नगरपालिका शाखा, लक्ष्मी सनराइज बैंकको खादबारी शाखा र आयोजनाको पावरहाउस रहेको कार्यालयबाट आवेदन दिन सकिनेछ ।

प्रथम चरणको आईपीओ बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ निष्कासन हुनेछ ।


प्रतिक्रियाहरू

Barun Rai

9 months ago

संखुवासभा वासिहरु सबैले पाउने कि नपाउने ? खाँदवारी नगरपालिका को मान्छेले पाउने कि नपाउने हो

सम्बन्धित खबर