लाभांश पारित गर्न कृषि विकास बैंकले बोलायो साधारणसभा

अर्थकागज
प्रकाशित: ०५ मंसिर २०८२
Image description

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले बार्षिक साधारणसभा बोलाएको छ । मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले यही मंसिर २९ गते भक्तपुरको बोडेस्थित बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा बिहान ११ बजे उन्नाईसौं वार्षिक साधारणसभा बोलाएको हो । उक्त साधारणसभाले आफ्ना शेयरधनीहरूलाई ३.२५ प्रतिशत बोनस शेयर र ९.७५ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १३ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ। त्यसैगरी अग्राधिकार शयर पूँजीमा वार्षिक ६ प्रतिशतले नगद लाभांश प्रदान गर्ने प्रस्ताव पनि रहेको छ।

यसका साथै गत आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक तोक्ने, बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजको आधारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंसिर ११ गतेसम्म कायम शेयरधनीहरू मात्रै भाग लिन र लाभांश पाउन सक्नेछन्।


प्रतिक्रियाहरू

सम्बन्धित खबर