काठमाडाैंबाट रसुवाको स्याफ्रुबेसी उडेकाे हेलिकप्टर दुर्घटना
प्रकाशित:
२२ साउन २०८१
काठमाडाैंबाट रसुवाको स्याफ्रुबेसी उडेकाे हेलिकप्टर दुर्घटना भएकाे छ । बुधबार दिउँसाे एयर डाइनेस्टीको दर्ता नम्बर ९एन-एजेडी हेलिकप्टर दुर्घटना भएको हाे ।उक्त हेलिकप्टर दिउँसाे १ बजेर ५४ मिनेटमा काठमाडौंबाट उडेको थियो । तर नुवाकोटको सूर्यचौर पुगेयता हेलिकप्टर सम्पर्कमा थिएन। यद्धपी,भरखर मात्र शिवपुरी ७ सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परेको पुष्टि भएको छ ।
बाक्लो कुहिरोले ढाकेको डाँडामा हेलिकप्टर खसेको हाे । हाल, घटनास्थलमा आगलागी भइरहेकाले सुरक्षाकर्मीहरूले उद्धारकाे प्रयास गरिरहेका छन् ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares