करिब ८५ प्रतिशतले घट्यो निर्धन उत्थान लघुवित्तको नाफा


काठमाडौं । निर्धन उत्थान लघुवित्त लघुवित्त वित्तीय संस्था लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
यस अवधिमा लघुवित्तले २ करोड ५५ लाख हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८४.८१ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १६ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ७.०९ प्रतिशतले घटेको छ भने सञ्चालन नाफा ८४.९८ प्रतिशतले घटेको छ । त्यस्तै लघुवित्तको खराब कर्जा बढेर ११.७० प्रतिशतमा पुगेको छ गत बर्षको यहि अवधिमा संस्थाको खराब कर्जा ८.३८ प्रतिशतमा सिमित थियो ।
लघुवित्तको प्रतिशेयर आम्दानी १ रुपैयाँ ९६ पैसा छ भने प्रतिशेयर नेटवर्थ १७३ रुपैयाँ रहेको छ । समिक्षा लघुवित्तको निक्षेप १.७४ प्रतिशतले बढेको छ भने र कर्जा लगानी भने २.७९ प्रतिशतले घटेको छ । पुस मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ६ करोड ९५ लाख रुपैयाँ रहेको छ ।
Shares