यूनिभर्सल पावरको लाभांश घोषणा, बोलायो साधारणसभा

अर्थकागज
प्रकाशित: ०९ पुस २०८०
Image description

काठमाडौं । यूनिभर्सल पावर कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

पुस ८ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ८.५५ प्रतिशत बोनस सेयर र ०.४५ प्रतिशत नगद गरी कूल ९ प्रतिशत लाभांश घोषणा गरेको हो ।

कम्पनीले पुस २९ गते काठमाडौंमा दिउँसो १२ः१५ बजे प्रथम वार्षिक साधारणसभा समेत बोलाएको छ । सभाले पबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव अनुमोदन गर्नेछ । सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।

कम्पनीले पुस १८ गते बुक क्लोज तय गरेको छ । अर्थात पुस १७ गते सम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीहरु मात्र कम्पनीले घोषणा गरेको तथा सभामा भाग लिन पाउनेछन्।


प्रतिक्रियाहरू

सम्बन्धित खबर