नेप्सेमा ७ कम्पनीको सेयर सूचिृकत, कुन कम्पनीको कति कित्ता ?


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यो साता ७ वटा कम्पनीको सेयर सूचिकृत भएको छ । नेप्सको अनुसार घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेड, थ्रीस्टार हाइड्रोपावर लिमिटेड, अप्पर साङ्गे हाइड्रोपावर लिमिटेड, सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड, आशा लघुवित्त वित्तीय संस्था लिमिटेड, विजय लघुवित्त वित्तीय संस्था लिमिटेड र साना किसान विकास लघुवित्त वित्तीय संस्थाको सेयर सूचिकृत भएको हो । ७ वटा कम्पनीको ६ करोड ६८ लाख ४६ हजार बढी कित्ता सेयर सूचिकृत भएको छ ।
कुन कम्पनीको कति कित्ता ?
अप्पर साङ्गे हाइड्रोपावर लिमिटेड
नेप्सेमा शुक्रबार अप्पर साङ्गे हाइड्रोपावरको कुल २२ लाख कित्ता सेयर सूचीकृत भएको छ । नेप्सेले अप्पर साङ्गेलाई ‘यूएसएचएल’ कारोबार संकेत प्रदान गरेको छ ।
थ्रीस्टार हाइड्रोपावर लिमिटेड
शुक्रबार नेप्सेमा थ्रीस्टार हाइड्रोपावरको कुल ३९ लाख २५ हजार कित्ता सेयर सूचीकृत भएको छ । नेप्सेले थ्रीस्टारलाई ‘टीएसएचएल’ कारोबार संकेत प्रदान गरेको छ ।
घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेड
नेप्सेमा शुक्रबार घोराही सिमेन्टको कुल ३ करोड ९७ लाख १९ हजार ६ कित्ता सेयर सूचीकृत भएको छ । नेप्सेले घोराही सिमेन्टलाई ‘जीसीआईएल’ कारोबार संकेत प्रदान गरेको छ
सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको ११ लाख ८७ हजार ९ सय ७७ दशमलव १८ कित्ता बोनस सूचिकृत भएको हो ।
आशा लघुवित्त वित्तीय संस्था लिमिटेड
आशा लघुवित्त वित्तीय संस्था लिमिटेड साविकको राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडलाई १ः१ को अनुपातमा प्राप्ति गर्दा कायम हुन आएकोे २६ लाख कित्ता सेयर आइतबार नेप्सेमा सूचीकृत भएको छ ।
विजय लघुवित्त वित्तीय संस्था लिमिटेड
नेप्सेमा आइतबार विजय लघुवित्त वित्तीय संस्था लिमिटेड र नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड एकआपसमा गाभ्ने–गाभिने (मर्जर) गर्दा १ः१ को अनुपातमा कायम हुन आएका कुल ३६ लाख १० हजार ४०३.५९ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।
साना किसान विकास लघुवित्त वित्तीय संस्था
आइतबार नेप्सेमा साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड एकआपसमा गाभ्ने–गाभिने (मर्जर) गर्दा १ः०.८७ को अनुपातमा कायम हुन आएकोे कुल १ करोड ३६ लाख ४ हजार ५ सय ६९.३ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।
Shares