सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थकागज
प्रकाशित: १० फागुन २०८०
Image description

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट वितरणको घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट नाफाबाट ११ प्रतिशत नगद लाभांश(कर समेत) वितरणको घोषणा गरेको थियो ।

कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनको लागि फागुन ११ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो त्यसैले आज फागुन १० गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले लाभांश पारित सहितका ऐजेन्डाहरु पारित गर्न फागुन ३० गते लिसारा रिसेप्सन काठमांडौमा १६ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर