इप्पानको उप महासचिवमा कविता पोखरलको उम्मेदवारी घोषणा

अर्थकागज
प्रकाशित: २६ जेठ २०८३
Image description

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) को उप महासचिव पदमा युवा उर्जा उद्यमी कविता पोखरेलले उम्मेदवारी घोषणा गर्नु भएको छ । इप्पानको आगामी जेठ २९ गते हुने बार्षिक साधारणसभाले नयाँ कार्यसमिति चयन गर्नेछ । 

ऊर्जा तथा निर्माण व्यवसायी पोखरेलले बरिष्ठ उपाध्यक्ष प्रत्यासी उत्तम भ्लोन लामाको प्यानलबाट पोखरेलले उप महासचिव पदमा उम्मेदवारी दिएका हुन् ।  

उर्जा उद्येमी पोखरेलले जलविद्युत आयोजनाको निर्माणका क्षेत्रमा आफूलाई अब्बल रूपमा स्थापित गरिसक्नु भएको छ । करिब २३ वर्ष लामो क्षेत्रगत अनुभवका कारण आफू इप्पानको उप महासचिवमा बलियो दाबेदार रहेको उहाँले बताउनु भयो । 


प्रतिक्रियाहरू

Saraswatee Gautam Gyawali

2 months ago

Ekdam ramro Best wishes kanita madam 👍👍

सम्बन्धित खबर