सिईडिबि होल्डिङ्गसको नाफा ६ गुणाले बढ्यो, प्रतिसेयर आम्दानी ५५.४५ रुपैयाँ
काठमाडौं । सिईडिबि होल्डिङ्गस कम्पनी लिमिटेडले गत आर्थिक बर्षको चौथो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको नाफा बढेको छ ।
असोज मसान्तसम्ममा कम्पनीले ५७ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५९९ प्रतिशतले बढि हो। अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ८ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको हो।
समीक्षा अवधिमा कम्पनीको सेवा शुल्क, ब्याज र अन्य आम्दानी ३६६.९८ प्रतिशतले बढेर ६० करोड ८४ लाख रुपैयाँ पुगेको छ छ। त्यस्तै, कम्पनीको प्रशासनिक खर्च समीक्षा अवधिमा ४८.४७ प्रतिशतले घटेको छ।
१ अर्ब ३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ९६ करोड ४४ लाख रुपैयाँ सञ्चित छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी बढेर ५५ रुपैयाँ ४५ पैसामा पुगेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १९३.२५ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अुनपात ४७.६४ गुणा रहेको छ।
Shares