धार्मिक स्थल रौता पोखरी : पर्यटन प्रवद्र्धनमा अघि बढ्दै
उदयपुर । उदयपुर जिल्लाको रौतामाई गाउँपालिका वडा नं ६ मा पर्ने धार्मिक महत्वको रौता पोखरीलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्नै काम भैरहेको छ भने अहिले दैनिक जसो पर्यटकको ओइरो लाग्ने गरेको छ ।
रोतामाई गाउँपालिकाका पूर्व अध्यक्ष गजेन्द्र बहादुर खड्काले आफ्नो कार्यकालमा संघीय सरकार , प्रदेश सरकार र पालिकाको करीब ९ करोडको लगानीमा पर्यटन प्रवद्र्धन कार्यक्रम अन्तर्गत पूर्वाधार तयार पारिएको बताउनु भयो ।
पोखरीको वरिपरी पदमार्ग बनाइएको छ भने वरपर किरात धर्मका अनुयायीहरू तथा किरात वंशका प्रथम राजा यलम्बरको, गौतम बुद्धको, पारुहाङ सुम्निमाको मुर्ती बनाउनुका साथै गणेश लक्ष्मी शिवजी लगायतका देवी देवताको मुर्ती बनाएर राखिएको पूर्व पालिका अध्यक्ष खडकाले बताउनु भयो ।
बि.स. १९६४ सालमा ओखलढुङ्गा जिल्लाको रुम्जाटारका भुजुन गुरुङले भेडा चराउन सो ठाउँमा गोठ बनाएर राखेका थिए । भेडा चराउन रौता पोखरी भएको ठाउँमा लगेछन् तर साँझमा भेडा गोठमा नफर्केछि धेरै ठाउँमा खोजी गरे फेला पारेनन् । राती सपनामा गुरुङलाई देवीले म रौता रानी नामकी देवी हुँ यहाँ मेरो वासस्थान रहेकोले भेडा चराएर फोहर नगर्नु । यहाँ मेरो मन्दिर स्थापना गरी दैनिक पुजाआजा गर्नु भनेर अलप भैछन् । भोलि पल्ट गुरुङले देवीले भने अनुसार पोखरीको उत्तर पूर्वतर्फको डिलमा मन्दिर बनाएर पूजा गरेपछि साँझमा हराएका सबै भेडा गोठमा आएको किम्बदन्ती भनौ वा लोकोक्ति रहेको छ ।
var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))};
document.write('
');
Shares