आजसम्म कायम सेयरधनीले मात्र स्वरोजगार लघुवित्तको लाभांश पाउने

प्रकाशित:
१० फागुन २०८०

स्वरोजगार लघुवित्त संस्था लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट वितरणको घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
संस्थाले गत आर्थिक बर्षको मुनाफाबाट नाफाबाट ७ प्रतिशत बोनश सेयर र कर प्रयोजनार्थ ०.३६ प्रतिशत नगद लाभांश गरी कुल ७.३६ प्रतिशत लाभांश वितरणको घोषणा गरेको थियो ।
कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनको लागि फागुन १३ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो ११ र १२ गते नेप्सेमा दोस्रो बजार कारोबार नहुने भएकाले आज फागुन १० गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले लाभांश पारित सहितका ऐजेन्डाहरु पारित गर्न फागुन ३० गते लिसारा रिसेप्सन काठमांडौमा १६ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares