निरज लम्साललाई सिईओ नियुक्त गर्न सेयरधनीको माग

अर्थकागज
प्रकाशित: ०१ माघ २०८२
Image description

काठमाडौं । प्रभु बैंको कामु सिईओ निरज लम्साललाई स्थायी सिईओ बनाउन लगानीकर्ताको माग गरेका छन् । बार्षिक साधारणसभा बोल्ने सेयरधनीहरुले लम्साललाई स्थायी सिईओ बनाउन माग गरेका हुन् । सभामा बोल्ने कुवेर श्रेष्ठ, रामचन्द्र पोखरेल लगायतले लम्सालाई सिईओ बनाउन संचालकसँग जोडदार माग गरेका छन् । सेयरधनीहरुले लम्सालाई सिईओ नियुक्त गरी कर्मचारीहरुको मनोबल बढाउन संचालकलाई आग्रह गरेका छन् । बाहिरबाट सिईओ ल्याउदा बैंक भित्रका कर्मचारीको मनोबल घट्ने बताउँदै सेयरधनीहरुले लम्साललाई सिईओ नियुक्त नगरे अर्काे साधारणसभा चर्काे विरोध गर्ने समेत संचालकलाई धम्की समेत दिएका थिए ।

बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र नायव प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेललाई बैंकिङ कसुरमा पक्राउ परेपछि दैनिक कार्यसम्पादनको मुख्य जिम्मेवारीसहित सोही बैंकमा उपलब्ध सबैभन्दा सिनियर कर्मचारीको रुपमा गत मंसिर १४ गतेदेखि लम्सालले कामू सीईओको जिम्मेवारी पाएका थिए । 


प्रतिक्रियाहरू

सम्बन्धित खबर