बरुण हाइड्रोपावरले बोलायो बार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

अर्थकागज
प्रकाशित: ०४ मंसिर २०८२
Image description

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले बार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले मंसिर २६ गते काठमाडौंको शंखपार्कस्थित स्मार्ट दरबारमा बिहान साढे ९ बजे बार्षिक साधारणसभा बोलाएको हो ।

सो साधारणसभाले आफ्ना शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर तिर्न) गरी कुल ५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ।

यसका साथै गत आर्थिक वर्ष (आव) को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नेछ।

चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी पारिश्रमिक तोक्ने, सञ्चालक समितिबाट भए गरेका निर्णय र काम कारवाहीहरू अनुमोदन गर्ने, संस्थागत सुशासन सम्बन्धी प्रतिवेदन स्वीकृत गर्ने, सञ्चालक समितिको भत्ता, सेवा सुविधाको सम्बन्धमा र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसकारण बुक क्लोजको आधारमा मंसिर ११ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम शेयरधनीहरू मात्रै उक्त सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन्।


प्रतिक्रियाहरू

सम्बन्धित खबर