कनेक्ट आईपिएससँगको सहकार्यमा एनआईसी एशिया बैंकले ल्यायो “Fund Transfer मा हरेक हप्ता Mobile Phone हातमा” अफर, पैसा पठाउँदा स्मार्टफोन जित्न सकिने

अर्थकागज
प्रकाशित: २१ भदौ २०८०
Image description

काठमाडौं । डिजिटल बैंकिङ्गमा मुलुकको अग्रणी स्थानमा रही सहज बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको यस एनआईसी एशिया बैंकले ConnectIPS सँगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ्ग (MoBank)  ग्राहक महानुभावहरुका लागि “Fund Transfer मा हरेक हप्ता Mobile Phone  हातमा” अफर सार्वजनिक गरेको छ । सो अफर अन्तर्गत हरेक हप्ता एकजना भाग्यशाली मोवाइल बैकिङ्ग ग्राहक महानुभावले यस बैंकको मोबाइल बैकिङ्ग (MoBank ) एप प्रयोग गरी ConnectIPS मार्फत Fund Transfer   गर्दा १ थान स्मार्टफोन जित्न सक्नुहुनेछ ।
भाद्र १७, २०८० गतेदेखि असोज २०, २०८० गतेसम्म लागु हुने उक्त अफर अन्तर्गत एकजना ग्राहक महानुभावलाई हप्ता सकिएपछि (आइतबारदेखि शनिबारको अवधिलाई एक हप्ता मानिने छ) ‘लक्की ड्र’ मार्फत विजेता घोषणा गरिनेछ र उक्त विजेताको जानकारी एन आई सी एशिया बैंकको आधिकारिक सामाजिक सञ्जालहरु मार्फत सार्वजनिक गरिनेछ ।
Fund Transfer  गर्न आफ्नो मोवाइल बैंकिङ्ग सेवा (MoBank)  एपमा login गरी मोबाइल स्क्रिनको तल्लो भागमा रहेको Fund Transfer  अप्सनमा क्लिक गरेर Other Banks Using ConnectIPS  छनौट गर्नुपर्छ । यसरी Fund Transfer  गर्दा ConnectIPSमा छुट्टै दर्ता गर्न आवश्यक पर्दैन । Fund Transfer तथा विभिन्न भुक्तानीका निम्ती मोबाइल बैकिङ्गको बढ्दो प्रयोग र लोकप्रियतालाई यस अफरले थप प्रर्वद्धन गर्ने विश्वास बैंकले लिएको छ । हाल २४ लाखभन्दा बढि मोवाइल बैंकिङ्ग ग्राहक महानुभावहरुले MoBank एप प्रयोग गरिरहनु भएको छ भने मोवाइल बैकिङ्गमा रहेको ConnectIPS मार्फत प्रति दिन प्रति कारोबार रु. ३ लाख रुपैयाँसम्म Transfer गर्न सकिन्छ ।
एन आई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६०१ एटिएम, १०९ वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखा रहित बैंकिङ्ग सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ । देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. २३ अर्ब ५८ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रू.३ अर्ब ६६ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाउन बैंक सफल भएको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर