माहुली लघुवित्तको एफपीओ शेयर सूचीकृत
प्रकाशित:
१४ माघ २०८१
काठमाडौं । माहुली लघुवित्तले निष्काशन गरेको एफपीओ शेयर नेप्सेमा सूचीकृत भएको छ।कम्पनीले ४ लाख ७५ हजार ४४९.१५ कित्ता शेयर सर्वसाधारणको लागि जारी गरेको थियो । कम्पनीको नेप्से कोड ‘एमएसएलबी’ रहेको छ । सोमबार कारोबार बन्द हुँदा माहुलीको शेयर १४ सय ५० रुपैयाँमा अन्तिम कारोबार भयो। कम्पनीको संस्थापकको ८०.३२ प्रतिशत र सर्वसाधारणको १९.६८ प्रतिशत मात्रै रहेका कारण सर्वसाधारणको हिस्सा ३० प्रतिशत पुर्याउन एफपीओ निष्काशन गरेको हो ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares