नुवाकोटमा ‘प्रथम बागमती मिडिया सम्मेलन’ हुने
प्रकाशित:
०३ भदौ २०८०
काठमाडौं । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको आयोजना 'प्रथम बागमती मिडिया सम्मेलन' हुने भएको छ । आगामी भदौ २२ र २३ गते नुवाकोटमा हुने भएको हो ।
'बागमती मिडिया सम्मेलन' मा प्रदेशभर रहेका स्वरोजगारमूलक संचारमाध्यमहरुको समस्या, पत्रकार महिलाहरुका समस्या, संचार क्षेत्रका चुनौतिहरु र समस्या समाधानमा राज्यका निकायहरुको भुमिकाका सन्दर्भमा ब्यापक छलफल गरिने प्रदेश समितिका अध्यक्ष शिव देबकोटाले जानकारी दिए ।
सम्मेलनमा स्वरोजगारमूलक संचार माध्यमहरुका प्रतिनिधिहरु, पत्रकार महिलाहरु, संचार क्षेत्रका बिज्ञहरुसहित बागमती प्रदेश सरकारका प्रतिनिधिहरुकोसमेत सहभागिता रहने र प्रदेशभरका संचारमाध्यमहरुको दीगोपनाका लागि प्रदेश सरकारको भुमिकाका बारेमा समेत छलफल गरिने बताईएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares