१९२ प्रतिशतले बढ्यो कर्णाली डेभलपमेन्ट बैंकको नाफा

अर्थकागज
प्रकाशित: १७ माघ २०८०
Image description

कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार बैंकको नाफामा बृद्धि देखिएको छ ।

यस अवधिमा बैंकले ४७ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९२.१५ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १६ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी २१.११ प्रतिशतले घटेको छ भने सञ्चालन मुनाफा भने १९२.१५ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा बैंकको निष्कृय कर्जा ३.१७ प्रतिशतबाट बढेर ४.४७ प्रतिशत पुगेको छ । कम्पनीको सञ्चालन आम्दानीमा आएको बृद्धिले खुद मुनाफामा बृद्धि आएको हो ।

पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३४ करोड १७ लाख रुपैयाँ ऋणात्मक रहको छ। बैंकको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ५१ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ ११० रुपैयाँ १७ पैसा रहेको छ ।

प्रतिक्रियाहरू

Dhan Bahadur Bohara

2 years ago

अलि बुझेर लेख्नु भाको भय राम्रो हुने थियो ४७ करोड होइन होला ४ करोड होला

सम्बन्धित खबर