लाभांश पारित गर्न सपोर्ट लघुवित्तले डाक्यो साधारणसभा


सपोर्ट लघुवित्त वित्तिय संस्था लिमिटेडले आफ्नो ९ औँ साधारणसभा पुनः आह्वान गरेको छ । लघुवित्तको चैत्र ४ गते बसेको संचालक समिती बैठकले साधारणसभा चैत्र १७ गते शनिबार विहान ११ बजे दुर्गा पार्टी प्यालेस, इटहरीमा साधारणसभा बोलाएको हो । कम्पनीले यस अघि पुस २७ गतेका लागि डाकेको सभा गणपुरक संख्या नपुग्दा स्थगित भएको थियो ।
साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १३.६८ प्रतिशत लाभांश पारित गर्नेछ । लघुवित्तले सेयरधनीलाई १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.६८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १६ गते बुकक्लोज गरिसकेको छ । यस अनुसार पुस १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
Shares