घलेम्दी हाइड्रोको हकप्रद बाँडफाँड सम्पन्न

अर्थकागज
प्रकाशित: २६ पुस २०८०
Image description

काठमाडौं । घलेम्दी हाइड्रो कम्पनीले जारी गरेको दुई सय प्रतिशत हकप्रद सेयर बाँडफाँड भएको छ । पुस २५ गते सेयर बाँडफाँड सम्पन्न भएको जनाइएको छ ।

कम्पनीले चुक्तापुँजीको दुई सय प्रतिशत अर्थात कम्पनीले १ : २ को अनुपातमा प्रति सेयर १०० रूपैयाँका दरले १ अर्ब १० करोड रुपैयाँ बराबरको १ करोड १० लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । निष्कासित एक करोड १० लाख कित्तामध्ये २८ हजार एक सय २१ जना शेयरधनीहरुलाई ७७ लाख ८२ हजार दुई सय ७६ कित्ता हकप्रद शेयर बाँडफाँड गरिएको हो ।

कुल निष्कासनमध्ये ३२ लाख १७ हजार सात सय २४ कित्ता हकप्रदका लागि आवेदन परेको छैन । आवेदन नपरेको सेयर अब कम्पनीले लिलामीमार्फत बिक्री गर्नेछ । कम्पनीले हकप्रद सेयरको निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर