आईपीओ निष्काशनको प्रस्ताव पारित गर्दै प्रोटेक्टिभ माईक्रो इन्स्योरेन्स

अर्थकागज
प्रकाशित: २७ फागुन २०८०
Image description

काठमाडौं । प्रोटेक्टिभ माईक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारणसभा आज बिहान ११ बजेदेखि कम्पनीको केन्द्रिय कार्यालय धनगढी,कैलालीमा सुरु हुनेछ । कम्पनीको फागुन ४ गते बसेको सञ्चालक समितीले साधारणसभा आज गर्ने निर्णय गरेको थियो ।

सभाले कम्पनीको चुक्ता पूँजीको ३० प्रतिशत बराबरको साधारण सेयर (आईपिओ) निष्काशन गर्ने प्रस्ताव सहित विभिन्न प्रस्ताव हरु पारित गर्नेछ । साथै सभाले गत आर्थिक बर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाबमा छलफल गरी पारित गर्ने छ भने चालु आर्थिक बर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर