आँखुखोला जलविद्युतको साधारण सभा पुस २० गते

प्रकाशित:
२४ मंसिर २०८०

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले १६औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले पुस २० गते अर्थात शुक्रबार, बैभवी पार्टी प्यालेस, मैतीदेवीमा साधारणसभा बोलाएको हो । सो सभा बिहान ११ बजे शुरु हुनेछ ।
सभाले सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १ गते बुकक्लोज गर्नेछ। यस अनुसार मंंसिर २८ गते सम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares